हेटाैंडा । बागमती प्रदेशसभाको मंगलबार साँझ ६ बजे बस्ने भनिएको बैठक विशेष कारणवश स्थगित गरी आज असार १३ गते बिहान ११ बजे बस्ने भएको प्रदेशसभा सचिवालयले जनाएको छ।
विनियोजित बजेट २०८०/०८१ को सम्बन्धमासत्तापक्ष र प्रतिपक्षबीच बैठक सञ्चालन गर्ने सम्बन्धमा विभिन्न चरणमा छलफल भए पनि सहमति हुन सकेन । त्यसैले हिजाेकाे बैठक स्थगित गर्नुपरेको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस्