Ads

बुटवलमा बिद्यार्थीहरु र प्रहरीविच झडप


बुटवल । बुटवलमा बिद्यार्थीहरु र प्रहरीविच झडप भएको छ ।

एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियूद्वारा बुटवलस्थित लुम्बिनी प्रदेशको मुख्यमन्त्री कार्यालय अगाडि आयोजित प्रदर्शनका क्रममा झडप भएको हो ।

अनेरास्ववियूले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन र स्थानीय तहको निर्वाचन घोषणाको माग गर्दै मुख्यमन्त्री कार्यालय अगाडि प्रदर्शन गरेको थियो। झडपमा परी पाँच जना विद्यार्थी घाइते भएको अनेरास्ववियू केन्द्रीय उपाध्यक्ष यम पाण्डेले जानकारी दिनुभयो ।

प्रदर्शनमा विद्यार्थीहरूले कालो बेलुन र ब्यानर समेत प्रदर्शन गरेका थिए । विरोधस्वरुप मुख्यमन्त्री कार्यालयअघिबाट कालो बेलुन उडाउने क्रममा प्रहरीले  हस्तक्षेप गर्दै लाठीचार्ज गरेको थियो ।

झडपमा परी अनेरास्ववियू केन्द्रीय सचिवालय सदस्य बालकृष्ण पाण्डे, अनेरास्ववियू जिल्ला अध्यक्ष शेषकान्त पोखरेल, बुटवल नगर कमिटी अध्यक्ष रोशन घिमिरे, कृष्ण पौडेल र गुनबहादुर श्रेष्ठ घाइते भएको अनेरास्ववियूले जनाएको छ ।

Ads

सम्बन्धित पोष्टहरू