Ads

एमसीसीलाई लेखेको पत्रले अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा पनि खैलाबैला


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डले एमसीसीलाई लेखेको पत्रबारे सोमबार बसेको संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समिति बैठकमा पनि प्रश्न उठेको छ ।

बैठकमा एमाले सांसद भीम रावल र कांग्रेसका दिव्यमणी राजभण्डारी लगायतले पत्रबारे प्रधानमन्त्रीलाई बोलाएर स्पष्टीकरण लिनुपर्ने माग रोखका छन् । सत्तागठबन्धनका नेता माधवकुमार नेपाल भने बैठकमा मौन रहेको बताइएको छ ।

बैठकमा रावलले प्रधानमन्त्री देउवा र पूर्व प्रधानमन्त्री प्रचण्डले कूटनीतिक मर्यादा र राष्ट्रिहित लत्याएर एमसीसीलाई पत्र लेखेको भन्दै संसदीय समितिले छानबिन गरेर कारबाहीको दायरमा ल्याउनुपर्ने माग राखेका  बैठकमा सहभागी एक सांसदले बताए ।

कांग्रेसका राजभण्डारीले यसबारेमा बुझ्नका लागि प्रधानमन्त्री देउवा र परराष्ट्रमन्त्री नारायण खड्कालाई बोलाएर सोध्नुपर्ने माग राखेका छन् ।

 

Ads

सम्बन्धित पोष्टहरू