काठमाडौं । नेकपा एकीकृत समाजवादीले बजेटको पक्षमा मतदान गर्ने निर्णय गरेको छ । बुधबार बिहान बसेको सो पार्टीको संसदीय दलको बैठकले बजेटको पक्षमा मतदान गर्ने निर्णय गरेको सांसद कृष्णकुमार(किसान) श्रेष्ठले जानकारी दिए ।
‘बजेटको पक्षमा मतदान गर्ने निर्णय भयो र त्यसका लागि दलका नेताले हिवप जारी गरेको छ’, श्रेष्ठले रातोपाटीलाई बताए । यसअघि सो पार्टीका नेताहरुले बजेट असन्तुलित आएको भन्दै शंशोधन नगरे बजेटको विपक्षमा मतदान गर्ने बताउँदै आएका थिए ।
यसअघि सत्तारुढ दल नेपाली कांग्रेस र माओवादी केन्द्रले पनि आफ्ना सांसदलाई बजेटकोपक्षमा मतदान गर्न ह्विप जारी गरिसकेका छन् । आजको प्रतिनिधिसभा बैठकमा बजेटबारे प्रधानमन्त्री मातहतका मन्त्रालयको जवाफपछि आर्थिक बर्ष २०८०–०८१ का लागि विनियोजित बजेट परित गरियोस् भन्ने प्रस्ताव पेश हुदैछ ।
प्रतिक्रिया दिनुहोस्