विराटनगर। कोशी प्रदेश सभाको तेस्रो अधिवेशनको बैठक आज बिहान ११ बजे बस्ने भएकाे छ । प्रदेश सभाको बिहीबार बसेको पहिलो बैठक पटक पटक स्थगन गरिएपछि आज बिहान ११ बजे बस्ने गरि स्थगित गरिएकाे थियाे ।
बिहीबार बेलुकी ८ बजे बस्ने भनी सूचना जारी भएको थियो। तर बेलुकी ९ः३० बजेसम्म पनि बैठक बस्न सकेन । त्यसपछि प्रदेश सभाका सचिव गोपालप्रसाद पराजुलीले सूचना सार्वजनिक गर्दै बैठक शुक्रबार बस्ने जानकारी गराउनुभएको हो।
कोशी प्रदेश प्रदेशसभा नियमावली, २०७४ (पहिलो संशोधनसमेत) को नियम ६ को उपनियम (३) बमोजिम प्रदेशसभा सदस्यहरूलाई जानकारी गराइएको सूचनामा उल्लेख छ।
यसअघि सभा बिहीबार दिउँसो १ बजे सञ्चालन हुने कार्य सूची रहे पनि सभा १ः५० मा प्रारम्भ भएको थियो। साे बैठकमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासकाे मत मागेका थिए । यहि विषयमा छलफल हुँदै गर्दा मुख्यमन्त्री बाहिरिएपछि बैठक अबेर स्थगित गरिएकाे हाे ।
प्रतिक्रिया दिनुहोस्