काठमाडाैं । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री अर्जुननरसिंह केसीले पार्टीभित्र वैचारिक पुनर्जागरण आवश्यक रहेको बताएका छन् । कांग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेस युनियन उपत्यका तथा प्रतिष्ठान प्रदेशको प्रथम अधिवेशनको प्रमाणपत्र वितरण समारोहमा आयोजित कार्यक्रममा उनले कांग्रेसभित्र वैचारिक पुनर्जागरणको नयाँ क्रान्ति सुरु गर्नुपर्ने आवश्यकता रहेको बताएका हुन्।
नेता केसीले कांग्रेसलाई जनताले भ्रष्टाचार, विकृति र मनपरितन्त्रको अन्त्य गर्ने पार्टीका रूपमा चिनेको बताए। उनले जनता निराश भएर विकल्प खोजिरहेका छन् भन्दै कांग्रेसको अहिलेको जस्तै नेतृत्व र विचार लिएर अगाडि बढेमा भविष्य चुनौतीपूर्ण हुने उल्लेख गरे।
उनले कांग्रेसले नयाँ विचार र दृष्टिकोणसहित सुध्रिएको सन्देश जनतामा दिनुपर्ने बताए। नेता केसीले राष्ट्र र लोकतन्त्रलाई गति दिनका निम्ति पत्रकारिता क्षेत्रको ठूलो योगदान रहेको बताए। पत्रकारलाई सत्य र न्यायको निम्ति लेख्न र सत्यको बाटोमा हिँड्न उनले आग्रह गरे।
प्रतिक्रिया दिनुहोस्