Ads

कोशी प्रदेश: अर्को सरकार नबन्दासम्म वर्तमान मन्त्रिपरिषद्ले काम गर्ने


विराटनगर । कोशी प्रदेश प्रमुख परशुराम खापुङ्गले अर्को मन्त्रिपरिषद् गठन नहुँदासम्म वर्तमान प्रदेश मन्त्रिपरिषद्ले कार्य सञ्चालन गर्नेगरी जिम्मेवारी तोक्नु भएको छ । प्रदेश प्रमुख खापुङ्गले नेपालको संविधानको धारा १६९ को उपधारा (३) बमोजिम सो जिम्मेवारी तोक्नु भएको हो ।

प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठद्वारा शुक्रवार जारी विज्ञप्तिमा तत्कालका लागि वर्तमान मन्त्रिपरिषद्लाई जिम्मेवारी तोकिएको उल्लेख छ ।

नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मिति २०७९ साल पुस २४ गते नियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नेपालको संविधानको धारा १८८ को उपधारा (२) बमोजिम २०८० साल असार १४ गते कोशी प्रदेशसभामा विश्वासको मतका लागि राखेको प्रस्ताव सोही धाराको उपधारा (३) बमोजिम २०८० साल असार १५ गते पारित हुन नसकेको भत्रे व्यहोराको पत्र कोशी प्रदेशसभामुख बाबुराम गौतमले प्रदेश प्रमुख खापुङ्गलाई बुझाउनु भएको थियो । ।

Ads

सम्बन्धित पोष्टहरू