Ads

कर्णाली प्रदेशसभाको बैठक आज बस्दै


सुर्खेत । कर्णाली प्रदेशसभा बैठक आज बस्दैछ । बिहीबारबाट स्थगित भएको कर्णाली प्रदेशसभाको बैठक आइतबार बस्न लागेको हो । प्रदेशसभा सचिवालयका अनुसार विशेष कारणले गत बिहीबारदेखि स्थगित भएको बैठक आइतबार बस्ने गरी तय गरिएको छ ।

यस अघि प्रमुख प्रतिपक्षी दल एमालेले बजेटमा मुख्यमन्त्री र अर्थमन्त्रीले मनोमानी गरेको भन्दै संसद अवरुद्ध गरेको थियो ।
जसकाकारण बैठक सुचारु हुन सकेका थिएन । बजेट संशोधन नभएसम्म संसद अवरुद्ध गर्ने एमालेले चेतावनी छ ।

संसदमा एमालेको अवरोध हटाउन पटक पटक छलफल भए पनि कुनै ठोस निर्णय हुन सकेको छैन । तर, पनि बैठक आजका लागि बोलाइएको छ ।

Ads

सम्बन्धित पोष्टहरू