काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले ललिता निवास प्रकरणमा आफ्नो संलग्नता नरहेको प्रष्ट पारेका छन् ।
१९ महिने प्रधानमन्त्रीत्व कालमा सयौ प्रक्रियागत निर्णय भएको र सबै सम्झना नभएको भन्दै उनले ललिता निवास प्रकरणमा अफ्नो संलग्नता नभएको बताएका हुन् । उनले कसैले आफ्नो दाग छोप्न अरूमाथि हिलो छ्याप्न खोजेको आरोपसमेत लगाएका छन् ।
विगतदेखि नै आफू भ्रष्टाचारका काण्डहरुको छानबिन हुनपर्ने पक्षमा रहेको बताउँदै उनले ललिता निवास प्रकरणको पनि निष्पक्ष छानबिन हुनपर्नेमा जोड दिएका छन् । आइतरबार ट्वीट गर्दै उनले ललिता निवास प्रकरणबारे आफ्नो प्रष्टीकरणसहित धारणा सार्वजनिक गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस्