Ads

बालेन्द्र साह विश्वका मेयर संगठनको समिति सदस्यमा निर्वाचित


काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह विश्वका मुख्य सहरका मेयरहरूको साझा संगठन ‘वर्ल्ड एसोसिएसन अफ मेजर मेट्रोपोलिज’को सञ्चालक समिति सदस्यमा निर्वाचित भएका छन् ।

विश्वभरका राजनीतिक नेताहरू, नीति निर्माताहरू र व्यवसायीहरूबीचको एकता मार्फत् महानगरीय हितको वकालत गर्नका लागि गठन भएको उक्त संगठनमा बालेन्द्रको कार्यकाल दुई वर्षको हुनेछ ।

उनले सामाजिक सञ्जालमार्फत सो जानकारी गराएका हुन् । पछिल्लो समय मेयर बालेन्द्रन साहले  आफ्नो कार्यशैलीका कारण लोकप्रियता कमाई रहेका छन् ।

Ads

सम्बन्धित पोष्टहरू