Ads

मन्त्रमा मात्र होइन, वास्तविकतामा सबै गुरूहरु सम्मानित बनून् : बालेन्द्र साह


काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले मन्त्रमा मात्र नभइ वास्तविकतामा नै सबै गुरूहरु सम्मानित बन्नु पर्ने बताएका छन् । गुरुपूर्णिमाको अवसरमा सामाजिक सञ्जालमा लेख्दै मेयर साहले उनीहरुको विशिष्ट स्थान बनोस् भनेर कामना गरेका हुन् ।

‘नियमहरु आफ्नै सभ्यता, समाज र विकासक्रमको आधारमा राख्ने हो । आधुनिक नियमले जसरी व्याख्या गरे पनि हाम्रो सभ्यता, सामाजिक चेत र विकासक्रमले गुरूलाई श्रम गर्ने मात्रको कोटीमा राख्दैन । राख्थ्यो भने सदियौँदेखि भनिदैन थियो’–साहले लेखेका छन् ।

त्यसका साथै उनले अगाडि भनेका छन् – ‘सबै गुरूहरुलाई आज गुरू पुर्णिमाको दिन सम्झिदै गर्दा उनीहरुको तलव सुविधालाई श्रम ऐनले कि शिक्षा ऐनले सम्बोधन गर्दा सम्मानित हुन्छ भन्ने पनि सोचिदिऔँ । गुरूलाई अवमूल्यन गर्ने समाज कस्तो हुन्छ भन्ने हेक्का राखौँ । गुरू पुर्णिमाको सबैलाई शुभकामना छ ।‘

Ads

सम्बन्धित पोष्टहरू