दाङ । सोमबारको दोस्रो बैठकमा लुम्बिनी प्रदेश सरकारले ल्याएको आर्थिक वर्ष २०८०/०८१ को बजेट वक्तव्यमाथिको सैद्धान्तिक छलफल सकिएको छ । पहिलो बैठक १३ मिनेट चलेर स्थगित भएको प्रदेश सभाको दोस्रो बैठक पनि आधा घन्टा चलेर टुङ्गिएको थियो । प्रमूख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध गर्न थालेपछि सभामुख तुलाराम घर्तिले पहिलो बैठकमा प्रतिपक्षी दललाई बोल्ने समय दिएका थिए ।
संसद चलाउने बिषयमा छलफल गर्न भन्दै १ घन्टाका लागि बैठक स्थगित भएपनि सो समयमा कुनै छलफल हुन सकेन । दोस्रो बैठकमा प्रतिपक्षीको बिरोधकाबीच ३३ मिनेट सञ्चालन भएको थियो । प्रतिपक्षीको बिरोधका बिच लुम्बिनी प्रदेशसभाको दोस्रो बैठकमा सत्तापक्षका केही सासंदहरुले छलफलमा भाग लिए पनि प्रतिपक्ष दल एमालेले भाग लिएन । बैठकमा सत्तारुढ दलका बैजनाथकलवार, वसीउद्दीन खाँ, खड्गबहादुर बस्नेत, तारा थापाले
छलफलमा भाग लिँदै सरकारले ल्याएको बजेटको बचाउ गरेका थिए । असार १ गते सरकारले ४० अर्ब ४७ करोड ८९ लाखको बजेट ल्याएको थियो । बजेटमाथि छलफल गर्न आह्वान गरिएको लुम्बिनी प्रदेशसभाको बैठक तीन पटकसम्म स्थगित गरिएको थियो । दोस्रो बैठकमा आर्थिक मामिला मन्त्री धनबहादुर मास्कीले बजेट माथि उठेका प्रश्नको जवाफ दिँदै निर्देशनालय खारेज गर्ने निर्णयको बारेमा अध्ययन गर्न समिति बनेको र सो आधारमा कार्यान्वयन गरिने बताए ।
यस्तै मन्त्री मास्कीले सदनमा आर्थिक बर्ष २०८०/०८१ को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमाबनेको विधेक पेश गरेका छन् । दोस्रो अधिवेशनको १५ औं बैठक मंगलबार दिउँसो १ बजेका लागि आह्वान गरिएको छ । अब बस्ने बैठकमा विनियोजन बिधेयकमाथिको सैद्धान्तिक र दफावार छलफल गर्ने कार्यसूची तय गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्