Ads

गैरसांसदलाई मन्त्री प्रकरण : असन्तुष्ट पूर्वलडाकु एमालेमा


सुर्खेत । माओवादीका एक पूर्वजनमुक्ति सेनाका सहायक कमाण्डर नेकपा एमाले प्रवेश गरेका छन् ।

उद्योग पर्यटन वन तथा वातावरण मन्त्री कार्चेन लामाका सहयोगी कल्से रावल आज एमाले प्रवेश गरेका हुन् । गैरसांसदलाई मन्त्री बनाएकोमा उनको असन्तुष्टि छ ।

‘यत्तिका सांसद हुँदा हुँदै पनि माओवादीले कस्तालाई मन्त्री बनाए भन्ने कुरा थाहै छ ’एमाले रोजेका रावलले भने, ‘इमान्दारीपूर्वक राजनीति गर्ने र देश र जनताको सेवामा समर्पित हुन एमाले रोजेको हो ।’

 

 

Ads

सम्बन्धित पोष्टहरू