Ads

अध्यक्ष लिङ्देनले पार्टीलाई थप सुदृढीकरण गर्न सबै प्रदेशमा तोके संयोजक


काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीलाई थप सुदृढीकरण गर्न सबै प्रदेशमा शीर्ष नेतालाई संयोजक तोकेका छन्।

पार्टीको केन्द्रीय कार्यसमिति र केन्द्रीय कार्यसम्पादन समिति बैठकबाट पारित गरिएको “नवीन राप्रपा–२०८०” को कार्ययोजना कार्यान्वयन गर्न उनले सात वटै प्रदेशमा प्रदेश संयोजक तोकेका हुन् ।

जसअनुसार उपाध्यक्ष रोशन कार्कीलाई कोशी प्रदेश संयोजक, उपाध्यक्ष बुद्धिमान तामाङ– मधेस प्रदेश संयोजक, विक्रम पाण्डे–बागमती प्रदेश संयोजक, उपाध्यक्ष ध्रुवबहादुर प्रधान–गण्डकी प्रदेश संयोजक, रवीन्द्र मिश्र– लुम्बिनी प्रदेश संयोजक, उपाध्यक्ष मुकुन्द श्याम गिरी – कर्णाली प्रदेश संयोजक र उपाध्यक्ष उद्वव पौडेलले सुदूरपश्चिम प्रदेश संयोजकको जिम्मेवारी पाएका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए।

जिम्मेवारी प्राप्त गरेका संयोजकले छ महिनाभित्र साङ्गठनिक सुदृढीकरणकाे कार्यसम्पादन गरी प्रतिवेदन केन्द्रलाई बुझाउनु पर्नेछ।

Ads

सम्बन्धित पोष्टहरू