Ads

प्रतिनिधिसभाको बैठक दिउँसो ३ बस्दै


काठमाडाैं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बैठक संसद भवन नयाँबानेश्वरमा दिउँसो ३ बजे बस्नेछ।आजको बैठकमा राष्ट्रिय सभामा उत्पत्ति भएको नेपाल विश्वविद्यालय विधेयक– २०८० का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबल गरिने कार्यसूची रहेको छ।

सो विधेयक सोमबार बसेको राष्ट्रियसभा बैठकले बहुमतले पारित गरेको थियो । यस्तै, बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक– २०८० माथि दफावार छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

बैठकमा मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक–२०८० माथि प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरिने कार्यसूची छ। यस्तै, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गुरुङले मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक–२०८० पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।

Ads

सम्बन्धित पोष्टहरू