काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपालमा लागु हुनु हुदैन भन्दै सत्तगठबन्धन दलदेखि विप्लव नेतृत्वको नेकपासहितका दलहरूले काठमाडौंमा प्रदर्शन गर्दै छन् ।
विरोध प्रर्दशन बुधबार (आज) १ बजे माइतीघर मण्डलाबाट र्यालीसहित नयाँबानेश्वरस्थित संसद भवनसम्म हुने छ ।
विरोधमा विप्लव नेतृत्वको नेकपा, चित्रबहादुर केसी नेतृत्वको जनमोर्चा, मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी (माओवादी), ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, आहुती नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, कर्णजित बुढाथोकी नेतृत्वको समाजवादीले संयुक्त रुपमा विरोधका कार्यक्रम तय गरेका हुन् ।
उनीहरुले मंगलबार एमसीसीको विरोधमा मंगलबार देशभर कोणसभा गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्