Ads

प्रधानमन्त्रीको जवाफ होइन, राजीनामा चाहिएको हो : ओली


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सदनमा प्रधानमन्त्रीको जवाफ नभई राजीनामा चाहिएको बताएका छन् ।

संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले प्रधानमन्त्री प्रचण्डले स्वाभिमान र स्वाधीनता विपरीतको अभिव्यक्ति दिएको बताए ।

ओलीले राष्ट्रिय स्वाभिमान र स्वाधीनता गिराउने खालको अभिव्यक्ति अस्वभनीय र आपत्तिजनक रहेको बताए ।

प्रधानमन्त्रीको अभिव्यक्तिको विरोध गर्दै एमालेले बुधबार संघीय संसद्का दुवै सदन अवरुद्ध गरेको छ ।

Ads

सम्बन्धित पोष्टहरू