सिन्धुपाल्चोक । सिन्धुपाल्चोक एमालेमा सर्वसम्मत नेतृत्व चयन भएको छ । अध्यक्षमण्डलले अध्यक्षमा कमल नेपालसहित पदाधिकारीको टंगो लगाएको हो ।
पुस २३ गते बाह्रविसेमा एमाले सिन्धुपाल्चोकको नवौं जिल्ला अधिवेशनको उद्घाटन भएको थियो । त्यसपछि विभिन्न कारण नेतृत्व चयन हुन सकेको थिएन ।
अध्यक्षमण्डलको निर्णयअनुसार प्राय सबै स्थानीय तहले आफूले पाएको संख्याअनुसार जिल्ला कमिटी सदस्यहरु सर्वसम्मतरुपमा छनोट गरेपनि पदाधिकारीहरुमा सहमति हुन सकेको थिए ।
सिन्धुपाल्चोक एमाले अध्यक्षका लागि नेपालसहित केदार क्षेत्री, बालकृष्ण देउजा, होमनारायण श्रेष्ठ र डोल्मा तामाङले उम्मेदवारी दिएका थिए ।
प्रतिक्रिया दिनुहोस्