विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्रीमा उद्धव थापाले शुक्रबार शपथ लिँदैछन् । मुख्यमन्त्री थापाले प्रदेश प्रमुख पर्शुराम खापुङसँग पद तथा गोपनीयताको शपथ लिनेछन् ।
शुक्रबार बिहान ९ बजे मुख्यमन्त्रीले शपथ लिने कार्यक्रम तय भएको छ। शपथ ग्रहणलगत्तै मुख्यमन्त्री उनले केही मन्त्री नियुक्त गर्ने तयारी समेत गरेका छन् ।
नेपालको संविधानको धारा १६८ को उपधारा ९२० बमोजिम बिहीबार प्रदेश प्रमुख खापुङले थापालाई मुख्यमन्त्री नियुक्त गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्