Ads

कांग्रेस जिल्ला सभापतिहरूको बैठक आज पनि बस्दै


काठमाडौं । नेपाली कांग्रेसका जिल्ला सभापतिहरूको बैठक आज पनि बस्दैछ । बिहीबारदेखि सुरु भएको जिल्ला सभापतिहरूको बैठक आज पनि पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ । बैठक बिहान ११ बजेदेखि सुरु हुनेछ ।

सो बैठकमा ४२ जिल्लाका जिल्ला सभापतिहरुसहित अन्य केन्द्रीय र प्रदेशका प्रतिनिधिहरू सहभागी रहेका छन् । गत बिहीबारको बैठकमा २६ जना जिल्ला सभापतिहरूले आफनो धारणा राखेका थिए भने बाँकीले आज आफनो धारणा राख्ने बुझिएको छ।

जिल्ला सभापतिहरूले धारणा सुने पछि महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले त्यसको जवाफ दिने तथा पार्टीको निर्देशन दिने कार्यक्रम रहेको छ ।

पार्टीको पछिल्लो १४ औं महाधिवेशन पछि पहिलो पटक कांग्रेसले जिल्ला सभापतिहरूसँग बैठक आयोजना गरेको हो । बैठकमा पार्टी सदस्यता, जिल्ला समितिमा देखिएका बिबाद र समस्यालगायत केन्द्रिय समितिलाई सुझाव माग गरिएको छ ।

Ads

सम्बन्धित पोष्टहरू