काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले प्रधानमन्त्रीलाई जवाफ दिने वातावरण बनाउन आग्रह गरेका छन् । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले राष्ट्रियसभा बैठकमा अवरोध गरेपछि अध्यक्ष तिमिल्सिनाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई जवाफ दिने वातावरण बनाउन आग्रह गरेका हुन् ।
तिमिल्सिनाले भने,‘लगातार तीन दिनदेखि प्रधानमन्त्रीसँग जोडिएको विषयमा प्रश्न राख्दै आएका छन् । प्रधामन्त्रीज्यूलाई प्रधानमन्त्री नेपालको संसद्ले बनाउँछ कि अरु कसैले बाहिरबाट भनेर प्रश्न सोध्न चाहन्छु पनि भनेका छन् ।
यसको उत्तर दिनपनि यहाँहरु बसेर प्रधानमन्त्रीलाई बोल्न दिने वातावरण बनाउनुपर्ने हुन्छ । संसद् सुचारु गरौं । प्रधानमन्त्रीज्यूलाई जवाफ दिने वातावरण बनाऔं ।’
प्रधानमन्त्री दाहालले गत सोमबार आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह पटकपटक दिल्ली धाएको अभिव्यक्ति दिएपछि राष्ट्रिय सभामा एमालेले प्रधानमन्त्रीको राजीनामा मागेको छ ।
प्रतिक्रिया दिनुहोस्