Ads

चार दल आवद्ध समाजवादी मोर्चाको पहिलो बैठक आज बस्दै


काठमाडौं । चार दल आवद्ध समाजवादी मोर्चाको पहिलो बैठक बोलाइएको छ । मोर्चामा आवद्ध नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा शनिबार दिउँसो ३ बजे बस्ने गरी बैठक आह्वान गरिएको हो ।

मोर्चामा माओवादी केन्द्र, जसपा, एकीकृत समाजवादी र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा रहेका छन् । राष्ट्रिय सभागृहमा एक कार्यक्रमबीच ४ असारमा समाजवादी मोर्चा गठन भएको थियो । मोर्चाले आफ्नो प्रमुख कार्यक्रम ‘नेपाली समाजवादको आधार तयार पार्ने’ जनाएको छ । सत्ताधारी गठबन्धनमा रहेका तीन

दल र संसदीय प्रणाली नै नमान्ने भनेर बाहिर निस्किएको एक दल मिलेर समाजवादी मोर्चा घोषणा भएको छ । सत्ताधारी नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी र सत्ताबाहिर रहेको नेकपा कम्युनिस्ट पार्टी नेकपा मिलेर समाजवादी मोर्चा घोषणा गरेका हुन् ।

प्रतिनिधि सभामा समाजवादी मोर्चाका ५४ सांसद हुनेछन् । जसमा माओवादीका ३२, जसपाका १२ र एकीकृत समाजवादीका १० जना छन् । मोर्चामा समान विचार भएका अन्य दल थपिने बाटो खुला राखिएकाले संख्या बढ्न सक्ने नेताहरूले बताएका छन् ।

Ads

सम्बन्धित पोष्टहरू