काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले राजसंस्थाको अभाव हुँदा देशमा कोही नबस्ने वातावरण बनेको बताएका छन् । पूर्वराजा ज्ञानेन्द्र शाहको जन्मदिनमा शुभकामना दिँदै उनले देश संकटोन्मुख भएको र अपवाद बाहेक कोही पनि नेपाल नबस्ने अवस्था आएको बताए ।
उपाध्यक्ष मिश्रले समाजीक सञ्जालमार्फत जन्मदिनको शुभकामना दिँदै आफ्नो लागि भन्दा पनि नयाँ पुस्ताका लागि राजसंस्थाका पक्षमा राजनीति गरेको बताए । ‘मैले गरेको राजसंस्थाको वकालत मेरा लागि होइन ।
भगवान दाहिने भए यो माटोमा म त अर्को २०र२५ वर्ष बाचौँला । तर यो माटोमा ५०/ ६०/ ७० वर्ष जीवन बिताउनु पर्ने हामीभन्दा मुनिका पुस्ताहरू छन्,’ उनले भनेका छन्, ‘तिनको लागि यो देश दिनप्रतिदिन बस्न अयोग्य भएर गइरहेछ । मैले गरेको राजनीति तिनका लागि हो । चुनाव हारेँ, त्यो भिन्नै कुरा हो ।’ उनले पूर्वाराजालाई छिटो राजगद्दीमा देख्न पाइयोस् भनेर कामना समेत गरेका छन्
प्रतिक्रिया दिनुहोस्