काठमाडौं । काठमाडौं महानगरपालिकाले संस्थागत शिक्षण संस्थामा कक्षा ११ मा भर्ना भई छात्रवृत्तिमा अध्ययन गर्न चाहने विद्यार्थीलाई आवेदन दिन आग्रह गरेको छ ।
महानगरअन्तर्गतको शिक्षा विभागले शनिबार सूचना प्रकाशन गरी छात्रवृत्ति प्रदान गर्नका लागि परीक्षा सञ्चालनको सबै तयारी पूरा भएको जनाएको छ ।
विभागले यही असार २८ गते बिहान १० बजेदेखि साउन १२ गते बेलुकी ५ बजेसम्म अनलाइन आवेदन दिन विद्यार्थीहरूलाई आग्रह गरेको छ ।
परीक्षा साउन २० गते बिहान ११ बजे सञ्चालन हुनेछ । परीक्षामा माध्यमिक तहको पाठ्यक्रममा आधारित १०० वटा बहुवैकल्पिक वस्तुगत प्रश्न सोधिनेछ ।
प्रतिक्रिया दिनुहोस्