Ads

आजकाे प्रतिनिधिसभा बैठकमा तीनवटा विधेयक प्रस्तुत हुने


काठमाडाैं । प्रतिनिधिसभा बैठक आज बस्दैछ। संघीय संसद भवन, नयाँ वानेश्वरमा बैठक दिउँसो १ बजे बोलाइएको छ। बैठकमा राष्ट्रियसभामा उत्पत्ति भएको नेपाल विश्वविद्यालय विधेयक,२०८० का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल हुने सम्भावित कार्यसूची रहेको छ।

यसैगरी, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले केही नेपाल ऐन संसोधन गर्न बनेको विधेयक २०८० पेश गर्नेछन् भने राष्ट्रियसभामा उत्पति भएको ‘मुलकी संहितासम्बन्धी केही नेपाल

ऐन संसोधन गर्ने विधेयक २०८० माथिको दफाबार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव पेश गर्नेछन्। आजै सो विधेयकमाथि संसोधनहरुलाई निर्णयार्थ प्रस्तुत गरिने सम्भावित कार्यसूचीमा राखेको संसद सचिवालयलले मुलुकी संहितासम्बन्धी विधेयक पारित गर्ने प्रस्ताव प्रस्तुत हुनेछ।

Ads

सम्बन्धित पोष्टहरू