Ads

राजेन्द्र लिङ्देनलाई हर्क साम्पाङको निम्तो, श्रमदान गर्न आउनुहोला माननीय


काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनलाई श्रमदानको लागि निम्तो दिएका छन् । उनले सामाजिक सञ्जाल मार्फत उपमहानगरभित्र श्रमदानका लागि आउन निमन्त्रणा गरेका हुन् ।

लिङ्देनले शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा अबको ६ महिना धरानमा गएर काम गर्ने बताएका थिए । राप्रपा सम्पर्क समाज समन्वय विभागको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै लिङ्देनले पार्टीलाई हरेक स्थानीय तहसँग जोड्न धरान जाने बताएका हुन् ।

हरेक विषयमा तत्कालै प्रतिक्रिया जनाइ हाल्ने मेयर साम्पाङले लिङ्देनको भनाइ सार्वजनिक भएपछि श्रमदान गर्नेगरी आउन निम्तो दिएका छन् । उनी लेख्छन् – ‘श्रमदान गर्न आउनुहोला माननीय

 

Ads

सम्बन्धित पोष्टहरू