Ads

नक्कली भुटानी शरणार्थी प्रकरण: आरजु देउवाको नाम लिएको अडियो सन्देश शर्माको आवाजसँग मिल्यो


काठमाडाैँ । नेपाली कांग्रेसकी सांसद डा. आरजु राणा देउवाको नाम लिएको अडियो नक्कली भुटानी शरणार्थी ठगी प्रकरणका  प्रतिवादी सन्देश शर्माको आवाजसँग मेल खाएको छ ।

आइतबार प्रहरी प्रधान कार्यालय, नक्सालले विज्ञप्ति जारी गरी कांग्रेस नेतृ देउवाको नाम जोडेर सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको अडियोमा ठगी तथा संगठित अपराध कसुर मुद्दामा अनुसन्धानमा रहेका तुलसीपुर उपमहानगरपालिका-१६ का ३४ वर्षीय सन्देश शर्माको आवाजसँग मेल खाएको बताएको छ ।

कांग्रेस नेतृ देउवाले नक्कली शरणार्थी ठगी प्रकरणमा पैसा लिएको भनेर आफ्नो नाम जोड्दै फेक अडियो सार्वजनिक भएको भन्दै छानबिन गरी दोषीलाई कारबाही गर्न माग गर्दै गत २७ वैशाखमा प्रहरीको साइबर ब्युरोमा निवेदन दिएकी थिइन् ।

अनुसन्धानका क्रममा उक्त अडियो शर्माको आवाजसँग मिलेको र अडियो सबैभन्दा पहिले टिकटकमा कसले हालेको भन्ने विवरण पत्ता लाग्न नसकेको प्रहरी प्रवक्ता डीआईजी कुवेर कडायतले जानकारी दिए । उनका अनुसार टिकटकमा कसले  सुरुमा राखेको भन्ने विषयमा टिकटक सिंगापुरलाई पत्राचार गरिए पनि थप विवरण प्राप्त भइनसकेको प्रवक्ता कडायतले बताए ।

Ads

सम्बन्धित पोष्टहरू