Ads

बालेन्द्रलाई हर्कले भने: नडराउनुस् नबिराउनुस् हजुरको साथमा म छु


काठमाडौं । महानगरपालिकाका मेयर बालेन साहलाई धरान महानगरपालिकाका मेयर हर्क साम्पाहाङले ढाडस दिएका छन् । आदिपुरुष चलचित्रमा प्रतिबन्ध लगाएपछि चलेको मुद्दामा तारिख बोकिरहेका मेयर साहलाई धरानका मेयरले ढाडस दिएका हुन् । अदालतले आफूलाई अपराधी बनाएको भन्दै साहले उनले आइतबार साँझ ट्विट गरेपछि साम्पाहाङले ‘नडराउनु’ भन्दै साथ दिने प्रतिवद्धता जनाएका हुन् ।

साहले आइतबार अदालतको तारिख पर्चा साँझ लेखेका थिए,‘आज एउटा विशेष दिन,आजबाट म तारिखमा छु,भारतको सांस्कृतिक हस्तक्षेपको विरोध गर्दा, र आजै , प्रधानमन्त्रीज्युले छूट पाउनुभयो, भारतले यो देशको प्रधानमन्त्री बनाउछ भन्दा । म आज बाट अपराधी ।’त्यसको जवाफमा धरानका मेयर साम्पाहाङले ट्विटरमा जवाफ दिँदै लेखे,‘नडराउनुस् नबिराउनुस् हजुरको साथमा म छु, हामी छौँ ।’

Ads

सम्बन्धित पोष्टहरू