Ads

मिटरव्याजसम्बन्धी कानूनलाई अन्तिममा ल्याइनुमा आशंका छ : रवि लामिछाने


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सरकारमा सहभागी हुने कुनै योजना नरहेको स्पष्ट पारेका छन् । बिहीबार काठमाडौंमा संसदीय मामिला पत्रकार समाजको नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिदै लामिछानेले अहिले पार्टी विस्तार लगाएत अन्य आन्तरिक काममा रास्वपाको ध्यान केन्द्रीत रहेको भन्दै सरकारमा सहभागी हुने योजना नरहेको र पार्टी भित्र पनि कुनै छलफल नभएको बताएका हुन् ।

लामिछानेले सरकारमा जाने रेसमा पार्टी नरहेपनि सरकारको स्थायीत्वको पक्षमा रास्वपा रहेको जिकिर गरे । उनले पार्टीले आफ्ना निर्णयहरु स्वतन्त्र रुपमा गर्ने गरेको भएपनि कहिले सत्ता पक्ष र कहिले प्रतिपक्षी निकट भनेर आरोप लाग्ने गरेको बताए । अहिले रास्वपा प्रतिपक्षीमा रहेको भन्दै सवै प्रतिपक्षीको एजेण्डा समान हुन नसक्ने उनको भनाइ छ ।

लामिछानेले मिटरव्याजसम्बन्धी कानूनलाई अन्तिम दिनमा सदनमा ल्याउनुले आशंका उत्पन्न गरेको र अव सत्तामा रहेका दलहरु नै विपक्षमा उभिन सक्ने उल्लेख गरे । उनले दुईवटा संसदीय समितिको नेतृत्वमा रास्वपाको दावी गरेको धारणा राखे ।

Ads

सम्बन्धित पोष्टहरू