Ads

कर्मचारीलाई डोरी लिएर झुण्डिन बोलाएको बारेमा स्वास्थ्य मन्त्री बस्नेतको प्रष्टीकरण


काठमाडौं । स्वास्थ्य मोहनबहादुर बस्नेतले सरकारले खटाएको जिल्लामा जान नमान्ने कर्मचारीविरुद्ध आक्रामक रुपमा प्रस्तुत हुन बाध्य भएको बताएका छन् ।

बिहीबार राष्ट्रियसभा बैठकमा मन्त्री बस्नेतले सरुवा गरिएको स्थानमा नजाने अडान लिएपछि मन्त्रालयमा आफु आक्रामक रुपमा प्रस्तुत हुन बाध्य भएको बताएका हुन् ।

उनले सरुवा गरिएको स्थानमा नजाने बरु मन्त्रालयमा झुण्डिएर मर्छु भनेपछि झुण्डिन आफुकहाँ पठाइदिन भनेको जिकिर गरे । आफु कडा रुपमा प्रस्तुत भएपछि ती कर्मचारीले सरुवाको पत्र बुझेको र अहिले सरुवाका विषयमा कुनै समस्या नदेखिएको उनले बताए ।

मन्त्री बस्नेतले स्वास्थ्यकर्मीलाई दुर्गम स्थानमा पठाउने काममा कुनै अवरोध नगर्न मन्त्रीपरिषद्मा पनि भनेको भन्दै नजिकताका लागि केहि महिना कुर्न आग्रह गरे ।

Ads

सम्बन्धित पोष्टहरू