Ads

ठगी गर्ने सहकारी सञ्चालकहरूलाई कानूनअनुसार कारवाही गर्छौं : मन्त्री श्रेष्ठ


काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ चौधरीले ठगी गर्ने सहकारी सञ्चालकहरूलाई कानूनअनुसार कारवाही गरिने बताएकी छन् । बिहीवार राष्ट्रिय सभामा आगामी आर्थिक वर्षको विनियोजित बजेटमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा मन्त्री श्रेष्ठले यस्तो बताएकी हुन् ।

सरकारले ठगी गर्ने सहकारीहरूको अनुगमन र जाँचबुझ गरी प्रचलित कानूनअनुसार कारवाही प्रक्रिया जारी राखेको उनको भनाइ छ । ‘सहकारी ठगी गर्नेलाई प्रचलित कानूनबमोजिम जाँचबुझ गरी कारबाहीको प्रक्रिया अघि बढाएका छौं,’ उनले भनिन् ।

सरकारले ४९ जिल्लामा गरीब घरपरिवार पहिचान गरी ६ लाख १५ हजार ६१ वटा गरीब परिचय पत्र वितरण कार्य सम्पन्न गरेको पनि उनले बताइन् । १५ वटा जिल्लामा गुनासो सुनुवाइको कार्यक्रम भइरहेको र १३ वटा जिल्लाको तथ्यांक विश्लेषण गर्ने कार्य भइरहेको उनको भनाइ छ । उनले आर्थिक वर्ष २०८०/ ८१ भित्र सबै जिल्लामा गरी गरीब घर परिवार पहिचान तथा परिचय पत्र वितरण गरिसक्ने पनि बताइन् ।

Ads

सम्बन्धित पोष्टहरू