Ads

प्रतिनिधिसभाको बैठक आज बस्दै


काठमाडाैं । प्रतिनिधिसभाको  बैठक आज बस्ने भएको छ। यस अघि असार २५ गतेको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्पष्टीकरण दिने समझदारी बनेसँगै एमालेबाट जारी अवरोध हटेको थियो ।

अवरोध हटेसँगै प्रधानमन्त्रीले आफ्नो विवादास्पद अभिव्यक्तिका सम्बन्धमा स्पष्टीकरण दिएसँगै सभामुखले बैठक असार २९ गते शुक्रबारसम्मका लागि स्थगित भएको घोषणा गरेका थिए ।

सोमबारको बैठकमा कार्यसूचीमा रहेका दुईदेखि पाँचसम्मका एजेन्डा सूचीमा हटाएर पूर्वसांसद लालकाजी गुरुङ्को शोक प्रस्ताव पारित गर्दै बैठक स्थगन भएको थियाे ।

Ads

सम्बन्धित पोष्टहरू