काठमाडौं, माघ २७ । नेकपा (एमाले) ले प्रतिनिधिसभाको फागुन २ गते बोलाइएको बैठक सार्न आग्रह गरेको छ ।
एमालेको प्रदेश १ मा फागुन १ र २ गते कार्यक्रम रहेकाले २ गतेको बैठक सार्न आग्रह गरेको हो ।
एमाले प्रमुख सचेतक विशाल भट्टराईले संघीय संसद सचिवालयका महासचिव र सचिवलाई आग्रह गरेको जानकारी दिनुभयो ।
‘कार्यक्रम जुधेकाले एक दिन पर सारिदिनुपर्यो भन्ने आग्रह गरेका हौं।’ भट्टराईले भन्नुभयो ।
माघ २६ गते बोलाइएको बैठक सरकारको आग्रहमा सभामुख अग्नि सापकोटाले फागुन २ गतेसम्मलाई सारेका छन् ।
प्रतिक्रिया दिनुहोस्