काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भोली स्थनीय तहको निर्वाचनका बिषयमा पार्टीका केन्द्र र प्रदेशका नेताहरुलाई भर्चुअल सम्बोधन गर्नुहुने भएको छ ।
पार्टीले आयोजना गर्न लागेको स्थानीय तह निर्वाचन तयारी केन्द्रीत प्रशिक्षण तथा अभिमुखिकरण कार्यक्रमको तयारी स्वरुप भोलीको कार्यक्रम हुन लागेको एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले बताउनुभयो ।
भुर्चअल बैठकमा केन्द्रीय कमिटीका पदाधिकारी,सदस्यहरु,प्रदेश कमिटीका पदाधिकारी,संघीय र प्रदेश सभासदस्यहरु र जिल्ला कमिटीका पदाधिकारी एवं प्रशिक्षणका लागि तोकिएका सहभागी हुनुहुनेछ ।
प्रतिक्रिया दिनुहोस्