काठमाडौं । नेकपा एमालेले आज (शुक्रवार) देखी देशभर एकसाथ स्थानीय तह निर्वाचन तयारी केन्द्रीत प्रशिक्षण तथा अभिमुखिकरण कार्यक्रम सुरु गर्दै छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले दिउँसो १ बजे एकसथा सबै स्थनीय तहमा निर्वाचन तयारी केन्द्रीत प्रशिक्षण तथा अभिमुखिकरण कार्यक्रमको सुभारम्भ गर्ने कार्यक्रम रहेको केन्द्रीय प्रचार उपप्रमुख विष्णु रिजालले जानकारि दिएका छन् ।
पार्टीले आयोजना गर्न लागेको स्थानीय तह निर्वाचन तयारी केन्द्रीत प्रशिक्षण तथा अभिमुखिकरण कार्यक्रमको तयारी स्वरुप कार्यक्रम हुन लागेको उपप्रमुख रिजालले बताए ।
भुर्चअल बैठकमा केन्द्रीय कमिटीका पदाधिकारी,सदस्यहरु,प्रदेश कमिटीका पदाधिकारी,संघीय र प्रदेश सभासदस्यहरु र जिल्ला कमिटीका पदाधिकारी एवं प्रशिक्षणका लागि तोकिएका सहभागी हुनुहुनेछ। सूचना प्रविधिको प्रयोग मार्फत आफ्नो महाधिवेशनको धेरै काम गरेको नेकपा एमालेले पछिल्लो समय सूचना प्रविधिको प्रयोगलाई भरपुर जोड दिएको छ ।
प्रतिक्रिया दिनुहोस्