काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमसीसी सभामुख अग्निप्रसाद सापकोटाले संसदमा रोकेको बताए । उनले सभामुखले एमसीसी रोकेर राख्न नपाउने पनि बताएका छन् ।
पार्टीको स्थानीय तह निर्वाचन लक्षित प्रशिक्षण कार्यक्रममा उनले एमसीसी रोकेको आरोप लगाएका छन् । सभामुख सापकोटाले एमसीसी सम्झौता संसदमा पेश गर्न दिन्न भन्नु सभामुखको अधिकार क्षेत्रभन्दा बाहिरको कुरा भएको बताएका छन् ।
ओलीले भने , ‘एमसीसी पेश नगरी रोक्छु भन्ने सभामुखको अधिकार छैन, यो उनको कर्तव्य होइन, उनले अनधिकृत ढंगले काम गर्न पाउँदैनन् । यसअघि कृष्णबहादुर महरा सभामुख हुँदा पनि एमसीसीलाई अनधिकृत रुपमा रोकियो । संसदले एमसीसीबारे निर्णय गर्न पाउनुपर्छ । संसदले के गर्छ आफ्नै ठाउँमा छ । तर संसदलाई त्यो अधिकार नदिने कुरा अनधिकृत हो ।’
उनले एमसीसीका कारण देशलाई गम्भीर भूराजनीतिक द्वन्द्वमा फसाइएको आरोप लगाए ।
प्रतिक्रिया दिनुहोस्