Ads

सञ्चारसचिव राउत र व्यवसायी गुरुङसहितको सुनुवाइ न्यायाधीश ढुंगाना र सुवेदीको इजलासमा


काठमाडौं । काठमाडौंको बालुवाटारस्थित ललिता निवासको जग्गा हिनामिना गरेको आरोपमा पक्राउ परेका नेपाल सरकारका बहालवाला सचिव कृष्णबहादुर राउत र भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङसहितको रिटको सुनुवाइ आज हुने भएको छ ।

उनीहरु दुईजनासहित चार जनाले दर्ता गरेको बन्दी प्रत्यक्षीकरणको मुद्दाकाको सुनुवाइ सर्वोच्च अदालतका न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र नहकुल सुवेदीको संयुक्त इजलासमा हुन लागेको हो ।

उक्त जग्गा घोटाला प्रकरणमा दोषी भएर पनि पहिले नै निशेधाज्ञा लिएर बसेकाहरुका विरुद्ध प्रहरी प्रधान कार्यालयबाट दायर भएको भ्याकेटको पनि सोही इजलासमा पेशी तोकिएको छ ।

सञ्चारसचिव राउत, व्यवसायी गुरुङ, पूर्व निर्वाचन आयुक्त सुधिरकुमार शाह र मालपोतका पूर्व कर्मचारी धर्मप्रसाद गौतमले भने आफूहरुलाई गैरकानुनी रुपमा थुनामा राखेको भन्दै बन्दी प्रत्यक्षीकरणको रिट हालेका थिए ।

Ads

सम्बन्धित पोष्टहरू