Ads

प्रचण्ड–माधव देउवाको दैलो ढुकेर बसेका छन् : केपी ओली


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको ढोका ढुकेर बसेको आरोप लगाएका छन् ।
योगेन्द्र ढकाल (अजय शर्मा) र अजिता जिसीलाई पार्टी प्रवेश गराउदै उक्त कुरा बताएका हुन् ।

ढकाल माओवादी कोटामा अष्ट्रेलियाका लागि राजदूतसमेत बनेका थिए । उनी पुनः मसालमै फर्किएर बुद्धिजीबि संगठनका महासचिव थिए ।

प्रचण्ड–माधवप्रति आक्रोस पोख्दै ओलीले भने ,‘प्रचण्ड–माधव प्रवृत्ति नै आजको वामपन्थी पार्टीको खराब प्रवृत्ति हो। एक भइसकेको पार्टी उनीहरुले फुटाउने काम गरे। बहुमतको सरकार ढाल्ने काम गरे

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारलाई अवैध भएको आरोप लगाए । उनले सरकार प्रति व्यङग्य गदै भने,‘देउवा नेतृत्वको सरकार न गाउँमा जन्मियो न अस्पतालमा जन्मियो। न संसदमा जन्मियो । सरकारको जन्म त संसदमा हुन्छ। यो सरकार त कहाँ जन्मियो ? अदालतमा गएर पो जन्मियो।’

ओलीले प्रचण्ड र माधव नेपाल कम्युनिष्टको खोल ओढेका दक्षिणपन्थी भएको बताए । कांग्रेसमा शेरबहादुरबाहेक अरु नेता गठबन्धन हुँदैन भन्छन्। तर प्रचण्ड र माधवलाई गठबन्धन नभइ हुदैन भन्दै बसेको बताए ।

उनले प्रचण्ड र माधव नेपालसहितलाई आगामी चुनावमा हराएर देखाइदिने दाबी गरे ।

Ads

सम्बन्धित पोष्टहरू