Ads

बालुवाटारमा मन्त्रीपरिषद् बैठक जारी


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालको आव्हानमा मन्त्रीपरिषद्को बैठक बसिरहेको छ । प्रधानमन्त्रीको निवास बालुवाटारमा बसेको बैठकमा समसामयीक विषयमा छलफल भइरहेको बताइएको छ । प्रधानमन्त्री पत्नी सीता दाहालको निधन भएपछि गत बुधबारयता बैठक बस्न सकेको थिएन ।

पत्नी शोकमा एक साता औपचारिक कार्यक्रममा सक्रिय नभएका प्रधानमन्त्री प्रचण्ड आजबाट विभिन्न सार्वजनिक कार्यक्रममा सक्रिय हुने भएका छन् । प्रचण्ड आजै बुढीगण्डकी जलासययुक्त जलविद्युत् आयोजनाको फिल्ड कार्यालय उद्घाटन गर्न  गोरखा जाने भएका छन् ।

Ads

सम्बन्धित पोष्टहरू