Ads

सुन तस्करीमा सत्तारुढ दलको नेताको नाम जोडिनु थप गम्भीर : शङ्कर पोखरेल


काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले सरकारको नेतृत्वमा रहेका दलका नेताहरू नै सुन तस्करीमा नाम जोडिँदा समेत कारबाही नगरिएको  गुनासो गरेका छन् । सुन तस्करीको विषय प्रतिनिधिसभा बैठकमा समेत उठ्नुपर्ने महासचिव पोखरेलले बताए ।

त्रिभुवन विमानस्थलबाट एक सय किलो सुन तस्करी गर्दागर्दै पक्राउ परेको घटनालाई लिएर एमाले महासचिव पोखरेलले सो प्रश्न प्रतिनिधिसभा बैठकमा उठनु पर्ने समेत बताएका छन् । ‘दिनहुँ सुन तस्करीका समाचारहरु आइरहेका छन्, सुन तस्करीमा सडक मात्र होइन, हवाई मार्गको समेत प्रयोग भइरहेको छ । केही दिनअघि इलेक्ट्रिक सिग्रेटमा लुकाई ल्याएको सुनलाई मिलोमतोमा छुट्टाउने प्रयास भएको समाचार सार्वजनिक भएको थियो,।’

उनले अगाडि लेखेका छन्, ‘एयरपोर्ट जस्तो संवेदनशील ठाउँको सुरक्षा प्रणाली र भन्सार प्रशासन समेत तस्करीमा प्रत्यक्ष जोडिएको देखिनु गम्भीर विषय हो । त्यस माथि सुन तस्करीमा सरकारको नेतृत्व गरिरहेका दलका जिम्मेवार नेताहरूको नाम समेत मुछिनुले स्थिति निकै गम्भीर देखिन्छ, राष्ट्रलाई नै लज्जित बनाउने यस्ता घटनामा जनप्रतिनिधि मुलुक निकाय प्रतिनिधिसभाको ध्यान गम्भीर रूपमा जानु आवश्यक छ ।’

Ads

सम्बन्धित पोष्टहरू