काठमाडौं । जनमत पार्टीले पूर्वसांसद शिवचन्द्र कुशवाहासहित ५ जनालाई निलम्बन गरेको छ । नेकपा (माओवादी केन्द्रले टिकट नदिएको इगोमा जनमत प्रवेश गरेका कुशवाहासहित गुलाब मण्डल, शंकर खड्का, भोपेन्द्र यादव र भगवान दास यादवलाई निलम्बन गरेको जनमतले जनाएको छ ।
पूर्वसांसद कुशवाहासहितका नेताहरुले पार्टीको नेतृत्वविरुद्ध गुटबन्दी गरेको आरोप लागेको छ । बुधबार बसेको पार्टीको केन्द्रीय अनुशासन समितिले जनमत पार्टीको निति निर्देश र विधान विपरित हुनेगरी अनुशासनहीनता प्रदर्शन गरेको आरोप लगाइ कारबाही गरेको हो । कुशवाहालाई पार्टीको साधारण सदस्य समेत नरहनेगरी पार्टीबाट हटाएको छ ।
मण्डलले मन्दिरको व्यवस्थापन समितिको निर्वाचन र खड्काले विद्यालय व्यवस्थापन समितिको निर्वाचनमा बागी उम्मेदवारी दिएका थिए । उनीहरूलाई १ वर्षका लागि निलम्बन गरिएको बताइएको छ । गत वर्ष भएको आम निर्वाचनमा बाराको क्षेत्र नं. २ बाट नेकपा माओवादी केन्द्रको उम्मेदवार रहेका कुशवाहा गत बैशाख १० गतेको उपनिर्वाचन भन्दा केही दिन अगाडि जनमतमा प्रवेश गरेका थिए । उनी जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग पराजित भए ।
प्रतिक्रिया दिनुहोस्