Ads

एनजीओको रिपोर्टजस्तो प्रतिवेदन बनाएर पार्टी बैठकमा पेश गर्ने ? : आरजु राणा


काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणाले एनजीओको रिपोर्ट जस्तो प्रतिवेदन बनाएर केन्द्रीय समिति बैठकमा पेश गर्ने ? भन्दै प्रश्न गरेकी छिन् । पार्टीको मंगलबारदेखि जारी बैठकमा केन्द्रीय सदस्य राणाले  महामन्त्री गगन थापाले ल्याएको राजनीतिक प्रतिवेदन दूरगामी खालको नदेखिएको टिप्पणी गरेकी हुन् ।

आफ्नो धारणा राख्ने क्रममा राणाले बैठकको पहिलो दिन महामन्त्री गगन थापाले पेश गरेको २१ पृष्ठको कार्ययोजनाप्रति प्रश्न उठाएकी छिन् । पार्टीका मन्त्रीहरूबाट पनि अपेक्षित काम उठ्न नसकेको टिप्पणी गरेकी छन् । घोषणापत्रलाई चुनावमा मात्र सीमित गर्न नहुने उनको भनाइ थियो ।

कांग्रेस चुनौतीमा रहेको भनेर चिन्ता गर्नेहरूलाई जवाफ दिँदै उनले द्वापर युगदेखि राजनीतिमा चुनौती नै रहेको भन्दै कलियुगमा राजनीति थप चुनौतीपूर्ण रहेको बताइन् ।

राणाले भनिन् – ‘राजनीति भनेकै असहज स्थिति हो । द्वापर युगदेखि कहिले पनि राजनीति सहज छैन, अहिले कलियुगमा पनि राजनीति गर्न असहज हुन्छ भनेर डराएर बस्नेहरू मैदान छोडेर जानुपर्‍यो । सहमत/असहमत जे भए पनि अघि बढ्नुपर्‍यो । पार्टीको प्रिन्सिपलको पछाडि लाग्नुपर्‍यो । अनि मात्रै राजनीति हुन्छ ।’

Ads

सम्बन्धित पोष्टहरू