Ads

जन्मस्थलमा विभिन्न कार्यक्रम गरि मनाईदै


रामेछाप, नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४५ औं स्मृति दिवश आज नेपालका कम्युनिष्ट पार्टीहरुले विभिन्न कार्यक्रम गरि मनाउँदैछन् ।
यस अवसरमा आज नेकपा एमालेले पुष्पलाल स्मृति दिवश उनको जन्मस्थल रामेछापको भंगेरीमा वृहत कार्यक्रम गर्दैछ । यसका लागि एमाले महासचिव शंकर पोखरेल सहितका नेताहरु शनिवारनै भंगेरी पुगेका छन् । महासचिव पोखरेल सहित नेताहरु लालबाबु पण्डित, सुजिता शाक्य, शान्ता चौधरी, लिला भण्डारी, गीता कार्की, कैलाश ढुंगेल लगायतका नेताहरु कार्यक्रम स्थलमा पुगेका छन् ।
को हुन्, पुष्पलाल ?
पुष्पलाल श्रेष्ठ नेपाल कम्युनिष्ट पार्टीको संस्थापक महासचिव हुन् । उनको नेता जन्म १९८१ असार १५ गते रामेछापको भंगेरीमा पिता भक्तलाल र माता तुलसीकुमारीको माहिला छोराका रूपमा भएको थियो ।
पिता भक्तलाल २००९ सालको अखिल नेपाल न्यून वैतनिक सरकारी कर्मचारीहरूको हडतालको क्रममा एक्सन कमिटीको अध्यक्ष पनि बनेका थिए । १९९७ सालमा आफ्ना दाजु अमर शहीद गङ्गालाल श्रेष्ठलाई गोली ठोकी मार्नु ठीक एकदिनअघि भद्रगोल जेलमा सपरिवार भेट्न जाँदा गङ्गालालले पुष्पलाललाई ूमाइला, मैले प्रजातन्त्रका निमित्त बालेको दियोलाई तैँले प्रज्वलित पार्नेछस् भनेकाले पुष्पलाललाई समाज रुपान्तरण र जनअधिकार प्राप्तिका लागि प्रेरीत गरेको थियो ।
यसरी स्थापना भयो नेकपा
२००६ वैशाख १० गते तद्नुरुप २२ अप्रिल १९४९ का दिन नेपाल कम्युनिस्ट पार्टीको स्थापना भएको हो । पुष्पलाल श्रेष्ठको नेतृत्वमा निरञ्जनगोविन्द वैद्य, नरबहादुर कर्माचार्य, नारायणविलास जोशी र मोतीदेवी श्रेष्ठ संस्थापक रहेर भारतको कोलकाताको श्यामबजार इलाका २८, नवीन सरकार लेनस्थित एक घरको दोस्रो तलामा नेकपाको स्थापना गरिएको थियो । त्यस बेपला मोतीदेवी भौतिक रुपमा उपस्थित हुन सकिनन् ।
कम्युनिष्ट घोषणापत्र जारी भएको १ सय २ वर्षपछि र सोभियत संघमा अक्टोबर क्रान्ति सम्पन्न भएको ३२ बर्षपछि नेपाली कम्युनिस्ट आन्दोलनको स्थापना भएको थियो । चीनमा माओत्सेतुङको नेतृत्वमा जनवादी क्रान्ति सफल हुनुभन्दा चार महिनाअघिको यस समयमै अंग्रेज उपनिवेशबाट छिमेकी भारत मुक्त बनिसकेको र नेपालीहरू १ सय ४ वर्ष लामो जहानियाँ राणा शासनको निरंकुशताबाट मुक्त हुन खोजिरहेको बेला भएको थियो । त्यहि बेला नेपालको राजनीतिक रुपान्तरणका लागि भारतमा गएर कम्युनिष्ट पार्टी स्थापना गरिएको थियो ।

 

Ads

सम्बन्धित पोष्टहरू