काठमाडाैं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक जारी रहने छ। गत मंगलबारदेखि सुरू भएको बैठक आज पनि जारी रहने भएकाे हाे।
शनिबारका लागि स्थगित गरिएको बैठक आज बिहान ११ बजेदेखि सुरु हुनेछ। बैठक सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा बस्नेछ। जारी बैठकमा बुधबार ४६, बिहीबार ३५ र शुक्रबार ३४ जना सदस्यले आफ्ना विचार राखेका थिए ।
यसअघि धारणा राखेका नेताहरूले पार्टीभित्र गुटगत गतिविधि बढेकोमा चिन्ता प्रकट गरेका थिए । आज बाँकी केन्द्रीय सदस्यहरुले आ–आफ्नो धारणा राख्नेछन् ।
प्रतिक्रिया दिनुहोस्