Ads

ललिता निवास जग्गा प्रकरण : नापी विभागका तत्कालीन कर्मचारी श्रेष्ठलाई पक्राउ


काठमाडौं । काठमाडौंको बालुवाटारस्थित ललिता निवासको जग्गा घोटाला प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले थप एकजनालाई पक्राउ गरेको छ ।

सीआईबीले नापी विभागका तत्कालीन कर्मचारी अरुणकुमार श्रेष्ठलाई पक्राउ गरेको हो । यसअघि शुक्रवार सर्वोच्च अदालतले पक्राउविरुद्धका रिट खारेज गरेपछि सीआईबीलाई अनुसन्धानमा सजिलो भएसँगै यस प्रकरणमा संलग्नहरु धमाधम पक्राउ पर्न थालेका छन् ।

यस प्रकरणमा हालसम्म १८ जना पक्राउ परेका छन् । बहालवाला सचिव कृष्ण राउतलाई भने थुनाबाहिर राखेर अनुसन्धान गर्न सर्वोच्चले आदेश दिएको छ ।

Ads

सम्बन्धित पोष्टहरू