Ads

सुदूरपश्चिममा सरकारमा जाँदै नागरिक उन्मुक्ति पार्टी


धनगढी । सुदूरपश्चिम प्रदेश सरकार गठन भएको सात महिना वितिसक्दा पनि सरकारले पुर्णता पाउन सकेको छैन । लामो समय खाली रहेको मन्त्रालयमा आज मन्त्री नियुक्त गरेर सरकार विस्तारको तयारी भइरहेको छ ।

भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय र सामाजिक विकास मन्त्रालयमा आज मन्त्री नियुक्त गर्ने तयारी भइरहेको स्रोतले जनाएको छ । उक्त मन्त्रालय नागरिक उन्मुक्ति पार्टीलाई दिने सहमति भइसकेको भएपनि नागरिक उन्मुक्ति पार्टीले दुई मन्त्रालयको दाबी नछोडेपछि अहिलेसम्म सरकारले पूर्णता पाउन सकेको थिएन ।

आज भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयमा रामेश्वर चौधरीलाई र कैलाश चौधरीलाई सामाजिक विकास मन्त्री बनाउने तयारी भइरहेको स्रोतको भनाइ छ । नागरिक उन्मुक्तिले पार्टीबाट मन्त्री बन्नेहरुको नाम मुख्यमन्त्री कमल बहादुर शाहलाई पठाइसकेको छ ।

मुख्यमन्त्री शाह काठमाडौंमा रहेका छन् । आज मुख्यमन्त्री काठमाडौंबाट कैलाली फर्किँदै छन् । उनी फर्किए लगत्तै सरकार विस्तार हुने स्रोतको दाबी छ ।

Ads

सम्बन्धित पोष्टहरू