Ads

कम्बोडियाको ६ दिने भ्रमण सकेर ओली आज स्वदेश फर्किने


काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली आज नेपाल फर्किने भएका छन् । कम्बोडियामा भएको आम निर्वाचनको पर्यवेक्षणका लागि साउन दुई गते त्यसतर्फ  गएका ओली आज राति १० बजे स्वदेश फर्किन लागेका हुन् ।ओली नेतृत्व टोलीले टौल कोर्क प्राथमिक विद्यालय मतदान केन्द्रको निरीक्षण गरेको थियो ।

निर्वाचन पर्यवेक्षणकै लागि कम्बोडिया पुगेका श्रीलंकाका पूर्व राष्ट्रपति मैत्रीपाला सिरिसेना र नाइजेरियाका पूर्व राष्ट्रपति जोनाथन गुडलकसँग ओलीले भेटवार्ता गरेका थिए । कम्बोडिया बसाइका क्रममले त्यहाँका प्रधानमन्त्री सामदेक टेचो हुन सेनसँग पनि भेट गरेका थिए ।

ओलीसँगै पत्नी राधिका शाक्य, पार्टी उपमहासचिव विष्णु रिमाल, स्थायी कमिटी सदस्य एवं विदेश विभाग प्रमुख राजन भट्टराई, स्वकीय सचिव राजेश बज्राचार्य लगायत भ्रमण टोलीमा संलग्न छन् ।

Ads

सम्बन्धित पोष्टहरू