Ads

राजेन्द्र पाण्डेलाई अध्यक्षको जिम्मेवारी दिएर इन्डोनेसिया प्रस्थान गरे नेपाल


काठमाडौं । नेकपा (एकिकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल एकसाता लामो भ्रमणका लागि इन्डोनेसिया प्रस्थान गरेका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपाल आइतबार राति करिब १२ बजे त्यसतर्फ लागेका हुन् ।

अन्तर्राष्ट्रिय कम्युनिष्ट पार्टीको बैठकमा सहभागी हुन गएराति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनी त्यसतर्फ प्रस्थान गरे । कम्युनिष्ट पार्टीहरुको बैठकमा सहभागी मुलुकका नेताले आ–आफ्नो मुलुकमा कम्युनिष्ट सिद्धान्तको अवस्था, देश विकासमा त्यसको प्रभाव र योगदानबारे छलफल गर्ने छन् ।

बैठकमा सहभागी भएर अध्यक्ष नेपाल सिङ्गापुर र मलेसिया जाने कार्यक्रम छ । पाँच दिने भ्रमणमा उनले तीनवटै मुलुकका शीर्ष नेतासँग शिष्टाचार भेट तथा दुईदेशीय हितका बारेमा छलफल गर्ने अध्यक्ष नेपालका स्वकीय सचिव मोहन गौतमले जानकारी दिए ।

नेपालले आफ्नो भ्रमणको समयमा आफ्नो दैनिक प्रशासनिक कार्य गर्नका लागि कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष राजेन्द्र पाण्डेलाई दिएका छन् ।

Ads

सम्बन्धित पोष्टहरू