Ads

भाजपाको निमनत्रणामा माओवादी नेताहरु दिल्ली भ्रमणमा पुगे


काठमाडौं । भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा नेकपा माओवादीको प्रतिनिधि मण्डल दिल्ली भ्रमणमा पुगेको छ । उपाध्यक्ष पम्फा भुसालको नेतृत्वमा माओवादी प्रतिनिधि मण्डल दिल्लीको भ्रमणमा गएको हो । भाजपाका विदेश विभाग प्रमुख डा.विजय चौथाइवाले माओावदी नेताहरूलाई दिल्लीमा स्वागत गरेका थिए ।

टोलीमा सचिव चक्रपाणी खनाल, नेता रामेश्वर राय र सत्या पहाडी लगायत छन् । भाजपा अध्यक्ष जेपी नाड्डाको निमन्त्रणामा उनीहरू दिल्ली पुगेका हुन् । दुई पार्टीबीचको सम्बन्ध सुधारका लागि विजेपीले माओवादी केन्द्रलाई भ्रमणमा बोलाएको हो ।

अध्यक्ष नाड्डासँग सोमवार भेटवार्ताको कार्यक्रम रहेको माओवादी स्रोतले बताएको छ । भाजपाको निमन्त्रणामा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गतवर्ष साउन १ गते भापजा कार्यालयको अवलोकन गरेका थिए । सोही समयमा दुई पार्टीबीच सम्बनध स्थापित गर्ने सहमति भएको थियो ।

Ads

सम्बन्धित पोष्टहरू