Ads

एकसाताको भ्रमणपछि स्वदेश फर्किए एमाले अध्यक्ष ओली


काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली एक साता लामो कम्बोडिया भ्रमण सकेर स्वदेश फर्केका हुन् । उनी यही साउन २ सोमबार निर्वाचन पर्यवेक्षणका लागि त्यसतर्फ प्रस्थान गरेका छन् । भ्रमणमा  राधिका शाक्य, उपमहासचिव विष्णु रिमाल र सचिवालय टोलीसहित छ जनाको सहभागिता रहेको थियो ।

कम्बोडिया अध्यक्ष ओलीले त्यहाँका प्रधानमन्त्री सामदेक टेचो हुन सेनसँग भेटवार्ता गर्नुभएको थियो । साथै श्रीलङ्काका पूर्वराष्ट्रपति मैत्रीपाला सिरिसेना र नाइजेरियाका पूर्वराष्ट्रपति जोनाथन गुडलकसँग पनि भेटवार्ता गरेको एमाले सचिवालयले जानकारी दिएको छ । साथै उनले कम्बोडियामा भएको निर्वाचनको पर्यवेक्षण गरेका थिए ।

Ads

सम्बन्धित पोष्टहरू